नेदरल्याण्डका राजकुमार योहान फि्सो दुर्घटनामा





आम्स्टर्डाम (रोयटर्स)-
विदा मनाउन अष्टिया गएको नेदरल्याण्डको राजपरिवारलाई यो भ्रमण राम्रो भएन । समाचार अनुसार राजकुमार योहान फि्सो आज दुर्घटनामा परेका छन । उनको अवस्था निकै चिन्ताजनक रहेको समाचरमा जनाइएको छ । नेदरल्याण्डको महारानी विटि्क्स र पत्नि मावेल संग छुटी मनाउन अष्टिया पुगेका राजकुमार योहान हिम पैरोमा पुरिएका थिए । उनलाई तत्कालै उद्धार गरी Innsbruck hospital हस्पिटलमा लगिएको थियो। उनको अवस्थाको वारेमा जानकारी दिदै डाक्टरले भनेका छन अझ केही दिन हेर्न आवश्यक छ। उनि अझै कोमामा रहेका छन । उनलाई ICU मा राखिएको छ।

४३ वषिर्य राजकुमार योहान राजा नेदरल्याण्ड महारानी विटि्क्स को दास्रो छोरा हुन। उनले मावेल संग गरेको विवादस्पद विवाहको कारण उनि नेदरल्याण्डको राजगद्धीको उत्तराधिकारी वन्नवाट वन्चित भएका थिए।

नेपाली फिचर फिल्म ‘लुट’ अब फिन्ल्यान्डमा पनि प्रदर्शन


LOOT Nepali Movie Premiere Show in Sydney Review By ThreeD Events

युवा वर्गलाई लक्षित गरी बनाइएको नेपाली फिचर फिल्म ‘लुट’ अब फिन्ल्यान्डमा पनि प्रदर्शन हुने भएको छ । पुराना ढर्राका नेपाली चलचित्र भन्दा एकदमै फरक भनिएको चलचित्र ‘लुट’ गैर आवासिय नेपाली संघ, फिन्ल्यान्डको आयोजनामा फिन्ल्यान्डको राजधानी हेल्सिन्किमा प्रदर्शन भएको हो । एनआरएन, फिन्ल्यान्डको च्यारिटी प्रोजेक्टहरुलाई सघाउने उद्देश्यले फिल्म चलाऊन लागिएको एनआरएन फिन्ल्यान्डका बाल कृष्ण श्रेष्ठले जानकारी दिए । “१० युरो टिकट शुल्क तोकिएको ‘लुट’को आगामी फेब्रुअरी १९ मा हेल्सिन्की स्थित कोन्तुला हलमा २ शो प्रदर्शन गरिनेछ । दिउँसो २:३०मा पहिलो शो र बेलुका ६ बजे दोश्रो शो प्रदर्शन गरिने छ”, श्रेष्ठले भने-” २ शोमा कम्तिमा पनि ३०० जती दर्शकहरुको उपस्थिती रहने अपेक्षा गरेका छौँ ।” राजधानी हेल्सिन्की पश्चात फिन्ल्यान्डकै अर्को ठुलो शहर ताम्पेरेमा पनि फिल्म प्रदर्शनको तैयारी भैरहेको छ आयोजकहरुले जानकारी दिएका छन ।

फरक धारको भनिएको ‘लुट’ प्रदर्शनमा आउनु भन्दा पहिले देखी नै यसले युट्युबमा राखिएको प्रोमो मार्फत राम्रै चर्चा बटुल्न सफल भएको थियो । नेपाली समाज र बिदेशमा रहेका नेपाली युवा समुदाय बिच बोलिने चलन चल्तिका भाषाहरु समाबेस गरेर मौलिक रुपमा प्रस्तुत गरिएको चलचित्र ‘लुट’ले नेपाली सिनेमाको पछिल्लो बजारमा धुम मच्चाईरहेको छ । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘लुट’ लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । सौगात मल्ल, ऋचा शर्मा, दयाहाङ् राई लगाएतका कलाकारहरुले सो सिनेमामा अभिनय गरेका छन् । चलचित्रमा रोशन थापा र किरण तुलाधरको संगीत रहेको छ। चलचित्रमा तीनवटा गीत समावेश छन। यसको एउटा आइटम गीतमा नायिका सुष्मा कार्कीले नृत्य गरेकी छिन । मायाप्रितीका कथामा बनेका चलचित्रका गीतसंगीत भन्दा यसमा फरक शैलीका गीत रहेको चलचित्रमा उध्रेको चोली बोलको गीतमा इन्दिरा जोसी र निश्चल बस्नेतका स्वर रहेको छ ।

‘लुट’ पछी थप नेपाली चलचित्रहरु हाइवे र दासढुङ्गा पनि प्रदर्शन गर्ने योजना रहेको आयोजकहरुले बताए । यसभन्दा पहिले केही संघ-सँस्था तथा समुहहरु मार्फत फाट्टफुट्ट रुपमा केही नेपाली डकुमेन्ट्री तथा छोटा चलचित्रहरु प्रदर्शन गरिएपनी मुलधारको नेपाली चलचित्र भने फिन्ल्यान्डमा पहिलो पटक प्रदर्शन गर्न लगिएको हो । ‘लुट’ प्रदर्शनको खबरले फिन्ल्यान्डबासी नेपालीमा नयाँ उत्साह जगाएको छ ।


Japan grants Nepal Rs 580 million for Sindhuli road

KATHMANDU: Japan has provided Rs 580 million to the Nepal government for the construction of Khurkot-Nepalthok road section stretching for about 37 km, the main corridor between the capital city Kathmandu and the eastern Terai area, on Wednesday.

Speaking at the signing ceremony of the project in the Capital today, Kunio Takahasi, ambassador of Japan to Nepal, said Japan has been extending grant assistance over Rs. 21 billion in total for the Sindhuli Road Project since 1995, being the world’s largest grant aid project implemented by Japan. It stretches for about 160 km.

Besides, the Japanese government has been constructing 33 bridges to provide better access to local people of the villages adjoining the Sindhuli road to uplift the living standards of rural communities, said the ambassador.

The ambassador hopes that the Sindhuli road will be a symbol of Japan-Nepal friendship and will help lead to peace and prosperity for a new Nepal, thereby connecting the hearts of the people of Japan and Nepal.

Schematic diagram of Banepa-Sindhuli-Bardibas road. Graphics: Department of Roads


 

• Section I Bardibas- Sindhulibazar section (37 Km)
• Section II Sindhulibazar- Khurkot section (39 Km)
• Section III Khurkot - Nepalthok section (32 Km)
• Section IV Nepalthok-Dhulikhel section (50 Km)
(Source: DoR)

शिरमा फूल’ फुलाउँदै सुनिता दुलाल


लोकगीतमा पहिचान बनाएकी गायिका सुनिता दुलाल नयाँ एल्वमका साथ बजारमा आएकी छिन् । उनको नयाँ गीति एल्वमको नाम शिरमा फूल रहेको छ । विगतमा तीज गीत तथा लोकगीतका एल्वम निकालेकी सुनिताले पहिलो पटक लोक गीतका साथै आधुनिक गीतमा समेत आफ्नो स्वर आजमाएकी छिन् । सातवटा गीत रहेको एल्वममा चन्द्र कुमार दोङ, ताराप्रकाश लिम्बु र विकाश चौधरीले संगीत दिएका छन् ।

साप्ताहिक मिडिया पार्टनर रहेको एल्वममा चन्द्र कुमार दोङ, मिना सिंगक, कुमार विवाहित, नरेश भटट्राई, रश्मि तिमिल्सिना राउत, दयाराम पान्डे र प्रितम खड्काका शब्द रचना रहेका छन् । एल्वम लाई कमलादेवी डिजिटलले बजार व्वस्थापन गरेको हो ।


साभार:sunitadulal.com

म्याग्दी गलेश्वरमा फागुन २ देखी श्रीमदभागवत ज्ञान महायज्ञ प्रारम्भ


म्याग्दी फागुन २ । म्याग्दीको गलेश्वरमा आजदेखी श्रीमद भागवत ज्ञान महायज्ञ शुरु भएको छ । गलेश्वर क्षेत्रको पुर्वाधार विकास तथा र प्रचार प्रसार गरी धार्मिक पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले फागुन ९ गते सम्म महायज्ञको आयोजना गरिएको हो ।

उक्त महायज्ञको उद्घाटन महामण्डलेश्वर १००८ स्वामी श्री आत्मानन्द गिरी जी महाराजबाट गरिएको थियो ।

भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले कथा बाचन गर्ने महायज्ञबाट १ करोड ५० लाख संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको उद्घाटन पुर्व गलेश्वर मन्दिर परिसरबाट शुरु भएको ¥यालीले बेनी बजार परिक्रमा गरी पुनः सोही स्थानमा पुगेको थियो ।

नेपाल कालो सूचीमा पर्ने खतरा तत्काललाई टर्‍यो

२ फागुन, काठमाडौं । कालो धनलाई सेतो बनाउन रोक्ने कानुन निर्धारित समयमै पारित नगरे पनि नेपाल तत्कालै कालो सूची (नकरात्मक सूची) मा नपर्ने भएको छ ।

मुद्रा निर्मलिकरण अनुगमन गर्न बनेको अन्तरसहकारी बित्तिय कार्यदल (एफटीएफ)ले सोमबारसम्म कानुन पारित गर्न समय दिएको भएपनि सत्ताधारी एकीकृत नेकपा माओवादीको वैद्य पक्षले बिरोध गरेका कारण कानुन परित हुन सकेको थिएन् ।

यसरी समयमै कानुन पारित गर्न नसक्ने मुलुकलाई नकरात्मक सूचीमा पार्ने एफटीएफको प्रचलन रहेपनि नेपालले कुटनीतिक पहल गरि थप समय मागेका कारण तत्काल नकरात्मक सूचीमा नपर्ने निश्चीत भएको उच्च सरकारी स्रोतको दावी छ ।

‘नेपालले कानुन पारित गर्न चाहेपनि समयमै कार्यसम्पन्न हुन नसक्नुको कठिनाईबारे एफटीएफलाई जानकारी गराइएको छ’-सरकारी स्रोतले भन्यो- ‘प्रधानमन्त्रीकै तहबाट सो पहल भएकाले कानुन पास गर्न थप केही महिनाको समय नेपालले पाउने निश्चीत जस्तै छ ।’

एफटीएफको वैठक अहिले फान्सको राजधानी पेरिसमा बसिरहेको छ जसमा नेपालका तर्फबाट राष्ट्रबैंकका डेपुटी गर्भनर महाप्रसाद अधिकारीले प्रतिनिधित्व गर्नुभएको छ ।

नेपाल नकरात्मक सूचीमा परेमा तत्कालै हटाउन असम्भव हुने र नेपालले अन्तराष्ट्रिय ब्यापारमा घाटा बेहोर्नुपर्ने अबस्था थियो । सदनमा कानुनको मस्यौदा पेश भइसकेको र अथासम्भव छिटो कानुन पारित हुने प्रधानमन्त्रीले कुटनीतिक च्यानलमार्फत प्रतिबद्धता जनाएपछि तत्काल नकरात्मक सूचीमा पर्ने खतरा टरेको स्रोतको दावी छ ।
साभार:अनलाइन

पूर्वी नेपालमा भारतीय नक्कली नोटको कारोवारमा संलग्न गिरोह पक्राउ

धरान, पूर्वी नेपालमा भारतीय नक्कली नोटको कारोवारमा संलग्न गिरोह सक्रिय रहको खुलासा भएको छ। धरान प्रहरीले मंगलबार नक्कली भारतिय नोटसहित दुइ भारतीय युवा पक्राउ गरेपछि यस्तो खुलासा भएको हो।

भारतको कटिहारीबाट दुइ दिन अगाडिमात्र १० जना भन्दा बढिको संख्यामा नक्कली नोटको कारोबारमा सक्रिय भारतीय गिरोह जोगजवनि नाका हुदै लाखौंको नक्कली नोटसहति नेपाल छिरेका प्रहरी स्रोतले दावी गरेको छ।

गिरोहले विशेष गरी ५ सय दरका भारतिय जालि नोटसहित नेपाल प्रवेश गरेका हो। इलाका प्रहरी कार्यालय धरानले मंगलवार भारतको पश्चिम वंगालको माल्दा जिल्ला घर भएका मनि् रोल र तारिमरुल इस्लामलाई पक्राउ गरको छ। उनीहरु दुवै गिरोहका सदस्य मात्र भएको नाइके पनि नेपालमै लुकेर बसेको धरान प्रहरीले जनाएको छ।

मंगलबार पक्राउ परेकाहरुको साथबाट ५ सय दरको को भारतीय नोट १८ थान, १ सयदरका ३ थान र एक थान १० रुपैयाँको भारतीय नक्कली नोट बरामत गरेको छ। यसैगरी, उनीहरुले साटेका नेपाली रुपैयाँ ५ सयको १७ थान, १ सयकको ३७ थान, २० रुपैयाँको २१ थान र १० रुपैयाँको ३ थान बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राजेन्द्र विष्टले वताए।

उनीहरुले सस्तो मूल्यको सामान खरिद गर्नै र नेपाली रुपैयाँमा फिर्ता लिने गरेका विष्टले जानकारी दिए। उनका अनुसार सामान खरिद गर्ने वहानामा नेपाली रुपैयाँ संकलन गरि जोगवनि नाकामा भारतीय नोट साटेर भारत प्रवेश गर्ने गरेका छन्। उनीहरुलाई देशी लाइनको एक पसलमा नक्कली भारतीय नोट साट्दै गरेको अवस्थामा सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ।

खुल्ला सिमानाका कारण नेपालमा नक्ली नोटको गिरोह सहज रुपमा नेपाल प्रवेश गर्नै गरेको पूर्वी नेपालका प्रहरी प्रमुख डिआइजी सुरेन्द्र शाहले बताए। उनले नक्कली नोटमा संलग्न गिरोहमा खोजी कार्य तीव्र पारिको जानकारी दिदै डिएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइसकेको जानकारी दिए।

साभार: एचकेनेपाल डट कम

रुकुममा कन्डक्टरले चलाएको यात्रुबाहक बस दुर्घटना हुँदा २ को मृत्यु, ११ गम्भीर घाइते

कन्डक्टरले चलाएको बस दुर्घटना हुँदा २ को मृत्यु रुकुम, फागनु २ - कन्डक्टरले चलाएको गाडी दुर्घटना हुदा रुकुममा दुइ जनाको मृत्यु भएको छ १७ जना घाईते भएका छन् । सदरमुकाम खलंगाबाट सल्ले बसपार्कको मुलखोला नजिक गाडी सफा गर्न जार्दै गरेको ना ४ ख ४९२३ नम्बरको वस खलंगा १ मठ भन्ने स्थानमा दुर्घटना हुदा रुघा गाबिस १ कि २२ बर्षिया निर्मला बि.क र तकसेरा गाबिस घर भइ हाल खलंगामा बसोबास गदै आएका १५ बर्षिया राजेश बुढाको ज्यान गएको हो ।

वस दुर्घटनामा परी अरु १७ जना गम्भीर घाईते भएका छन् । घाइते ११ जना लाइ तारा एयरको बिमानबाट थप उपचारको लागि मंगलबार नेपालगन्ज लगिएको रुकुमका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो । बाटो सामान्य भएको भएता पनि कन्डक्टर नारायाण ओलीले बस सफा गर्न खोला तर्फ चलाएर लैजाँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

पन्ध्र परिवार एउटै घर,एउटै चुलो,सामुहिक खर्च [Video News]

पन्ध्र परिवार एउटै घर,एउटै चुलो, सामुहिक खर्च | Operation Big News February 14, 2012 [Video News]-

गाउँका सबैलाई क्यान्सर



कस्तो अभागी गाउँ । गाउँका हरेक घरमा कम्तिमा १ जनालाई क्यान्सर लागेको छ । जर्मनीको वेवेल्सफेल्थ गाउँका हरेक परिवार क्यान्सर रोगबाट पीडित छन् । १५ सय जनसंख्या हरेक गाउँमा हरेक घरधुरीमा कम्तिमा १ जनालाई यस्तो रोग रहेको कुरा चिकित्सकहरुले परीक्षण गरी प्रमाणित गरेका हुन् ।

लुबेक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले समेत परीक्षण गर्दा गाउँलेमा स्तन, फोक्सो, अन्ननली, पाठेघर तथा पेट लगायतका क्यान्सर भएको फेला परेको छ ।

गाउँका सबै परिवार क्यान्सरबाट पीडित हुनपुगेको कुराले अहिले गाउँलाई मात्र होइन सबैलाई नै दुखी बनाएको छ । यति ठूलो संख्यामा क्यान्सर रोगी हुनुको दोष नजिकै रहेको आणविक भट्टी तथा पानीजहाज केन्द्रलाई दिइएको छ । पानीजहाज केन्द्रमा प्रयोग हुने रसायन तथा आणविक भट्टीबाट आउने रसायनिक विकारहरुका कारण आफुहरुलाई क्यान्सर भएको गाउँलेहरुको भनाइ छ । तर क्यान्सरको खास कारण भने पत्ता लागिसकेको छैन ।