अब दैनिक कम्तिमा १० र बढीमा १३ घण्टासम्ममात्र लोडसेडिङ हुनेछ। प्राधिकरणको लोडसेडिङ तालिका अनुसार सातामा दुई दिन १३ घण्टा, एक दिन १२ घण्टा, दुई दिन ११ घण्टा र बाँकी दुई दिन १० घण्टाका दरले बत्ती जानेछ।
दैनिक १३ घण्टा लोडसेडिङ भएको दिनमा समेत बिहान र रातिको समयमा अधिकांश उपभोक्ताले बिजुली बत्ति बाल्न पाउने छैनन्। बिहान र रातिको 'पिक आवर' मा लोडसेडिङ हुनेछ।
गत पुस ३ देखि सुरु गरेको १४ घण्टाको लोडसेडिङलाई अहिले घटाइएको हो। कुलेखानी आयोजनामा अझै पनि पानी प्रयाप्त रहेको र मध्यमर्स्याङदीको मर्मत समेत पुरा भएकोले लोडसेडिङ घटेको हो।
बढी बिजुली चुहावट हुने स्थानहरुमा थप ५ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ। ५० प्रतिशत चुहावट हुने स्थानमा थप दुई घण्टा, ६० प्रतिशत हुने स्थानमा तीन घण्टा, ७० प्रतिशत चुहावट भएको स्थानमा ४ घण्टा र ७० प्रतिशत भन्दा बढी चुहावट भएका स्थानमा थप ५ घण्टा लोडसेडिङ हुनेछ। प्राधिकरण स्रोतका अनुसार तराईका जिल्लाहरुमा ८५ प्रतिशत सम्म चुहावट छ।
प्राधिकरणका अनुसार यस वर्षको सबैभन्दा बढी लोडसेडिङनै साताको ८८ घण्टानै सबैभन्दा उच्च रहने संभावना छ। फागुनसँगै गर्मी बढेर नदीमा पानी बढ्ने भएकोले बिजुली उत्पादन बढ्दै जान्छ। प्राधिकरणले गत वर्षजस्तै यो वर्ष पनि दैनिक लोडसेडिङ १४ घण्टामै सिमित गर्ने लक्ष्य लिएको थियो।
चोरी नियन्त्रणमा गरिएको कडाई, भारतबाट बिजुली आयात गरिएको, मल्टिफ्यूल प्लान्टहरु सञ्चालन गरिएकोले लोडसेडिङ घटेको हो। साभार:नागरिकन्युज
Download (PDF, 30KB): Click here.
RSS Feed
Twitter
Monday, February 13, 2012
Admin