बोमलाल गिरी/उज्यालो । काठमाण्डौं, फागुन २ - नेकपा एमालेको संघीय विभागले तयार पारेको राज्य पुर्नसंरचनाको प्रस्ताव पार्टीलाई बुझाएको छ । ८ प्रदेश र त्यसको विकल्पमा तयार पारिएको १२ प्रदेशको प्रस्ताव विभागका प्रमुख पर्शुराम मेघी गुरुङ्गले एमाले अध्यक्ष झलनाथ खनाललाई बुझाउनु भएको हो । संघीय विभागका प्रमुख गुरुङ्गले क्षेत्रीयस्तरमा नेता कार्यकर्ता, संसदीय दल र सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार गरेको जानकारी दिनुभयो ।
सांस्कृतीक पहिचान र सामाथ्र्यलाई आधार मान्दै संघीय विभागले तयार पारेको प्रस्तावमा ८ प्रदेशलाई प्राथमिकता दिइएको छ भने त्यसको विकल्पमा १२ प्रदेश हुनु पर्ने प्रस्ताव गरिएको छ । स्थानीय सरकारमा गाउँपालिका र नगरपालिका तथा भूगोल, इतिहाँस, संस्कृति, अर्थतन्त्र र शहरी संरचनाको ढाँचाका आधारमा केही संभावित क्षेत्रहरुमा पहिचान सहितको १० वटा स्वायत्त महानगरपालिकाको नयाँ अवधारणा अघि सारिएको छ । तराई मधेसमा ५ वटा प्रदेशको प्रस्ताव गरिएको छ । एमालेले राज्य पुर्नसंरचनाका बारेमा सुझाव दिन गठित संघीय विभागले प्रदशेको नामाकारण नगरे पनि विभिन्न विकल्प प्रस्तुत गरेको छ ।
कुनै खास जाति र भाषाका आधारमा व्याख्या गरिएको राजनीतिक अधिकारकावारेमा भने सहमती नभएको प्रस्तावमा उल्लेख छ । प्रस्तावित विकल्पमा झण्डै ९ सय स्थानीय सरकार, १ सय ५० भन्दा बढी नगर सरकार, १० स्वायत्त महानगरपालिका र ५ स्वायत्त क्षेत्रहरु रहनेछन् । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीवाट एक सय जना तथा समानुपातिक मतवाट ९१ जना गरि जम्मा १९१ सदस्यीय तथा राष्ट्रिय सभा ७० सदस्यीय हुनु पर्ने सुझाव दिइएको छ ।
RSS Feed
Twitter
Tuesday, February 14, 2012
Admin
