आज फेब्रुअरी चौध अर्थात् प्रणय दिवस। विशेषगरी आज प्रेमी प्रेमीकाले प्रेमको प्रस्ताव राख्ने गर्छन् र नयां नयां ठाउं घुम्न जान्छन्―आफ्नो प्रेम कहिल्यै नटुटोस् भनेर। तर, सबैले प्रेमको प्रतीकको रुपमा मान्ने पाल्पाको रानीमहल भने अहिले प्रेमको पर्खाइमा रहेको छ। बिक्रम सम्वत् १९४९ सालमा तत्कालिन पाल्पा प्रशासकको रुपमा खटिएका खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको मृत्यु भएपछि उनको सम्झनामा दरबार निर्माण गरेका थिए। त्यसपछि प्रेम प्रतिकको रुपमा परिचित रानीमहलमा प्रणय दिवसको दिन प्रेम पारखीहरू याहँ घुम्न र मनोरञ्जन लिनका लागि आउने गर्दछन्।
यहा आएर उनीहरू आफ्नो प्रेम एक अर्कालाई उपहार दिएर साट्ने गर्दछन्। त्यसैगरि प्रणय दिवसको दिन स्थानीय समाजसेवा असल शासन क्लबले रानीमहल घुम्न आएकालाई पर्यटन प्रबर्द्धन गर्न भन्दै फुलको गुच्छा उपहार दिने कार्यक्रम गर्दै आएको छ। रानीमहलमा पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, स्याङ्जा, तनहु, पोखरा लगायतका स्थानबाट युवायुवती घुम्न आउने गरेका छन्। तर फेब्रुअरी चौधका दिन नगन्य मात्रामा नै युवायुवती आउने गरेका छन्।
एक होटल व्यबसायीका अनुसार गतवर्ष फेब्रुअरी चौधका दिन तीस जोडी मात्र रानीमहल घुम्न आएका थिए। पछिल्लो समय रानीमहल आफैं उपेक्षामा परेको छ। रानीमहल परिसरमा रहेका संरचना केही भत्किन थालेका छन् भने केही भत्किने अवस्थामा पुगेका छन्। त्यसतर्फ भने सम्वन्धीत निकायको ध्यान पुगेको छैन। त्यसैले पछिल्लो समय प्रेम दिवस मनाउने प्रचलन वढेको अवस्थामा प्रेमको प्रतिकका रुपमा रहेको पाल्पाको रानीमहलको संरक्षणका लागि ध्यान दिए प्रेम दिवसले सार्थकता पाउने थियो कि?
RSS Feed
Twitter
Tuesday, February 14, 2012
Admin
